आईतवार, फाल्गुन ३,२०८२ 12:08:36
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 12:08:36
Bizshala
Global IME Bank Limited

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड, म्यारियट रिसोर्ट स्थापना हुने

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड, म्यारियट रिसोर्ट स्थापना हुने
Shivam Cement

लुम्बिनी । नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक फड्को मार्ने गरी लुम्बिनीमा विश्वस्तरीय लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा निर्माण हुने भएको छ। 

लुम्बिनी क्यापिटल रिसोर्ट लिमिटेडले विश्वकै अग्रणी होटल ब्रान्ड Marriott International सँग होटल व्यवस्थापन सम्झौता (Hotel Management Agreement – HMA) सम्पन्न गरेसँगै यो महत्वाकांक्षी परियोजना औपचारिक रूपमा अगाडि बढेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो रिसोर्ट म्यारियट इन्टरनेशनलको दक्षिण एशियामा विकसित हुँदै गरेको ठूला लक्जरी परियोजनामध्ये एक मानिएको छ। सम्झौतामा म्यारियट इन्टरनेशनल एशिया–प्यासिफिकका वरिष्ठ अधिकारीहरूको संलग्नता रहेको छ, जसले परियोजनाप्रति अन्तर्राष्ट्रिय स्तरको विश्वास र प्रतिबद्धता झल्काउँछ।

नेपालको पहिलो ‘फ्युचरिस्टिक वाटर रिसोर्ट’

लुम्बिनी म्यारियट रिसोर्ट एण्ड स्पा नेपालकै पहिलो पूर्ण ‘वाटर रिसोर्ट’को रूपमा विकास हुने भएको छ। रिसोर्टमा अत्याधुनिक वाटर फाउन्टेन, म्युजिकल वाटर शो, थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पा लगायतका विशेष आकर्षण रहनेछन्। यसले नेपालमा पर्यटन अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

ग्रीन सर्टिफिकेसन (Gold) सहितको वेलनेस र इको रिसोर्ट

जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पारिस्थितिक असन्तुलनजस्ता विश्वव्यापी चुनौतीलाई ध्यानमा राख्दै यो रिसोर्टलाई Green Certification (Gold) प्राप्त हुने गरी विकास गरिने योजना छ। यसलाई Wellness Retreat and Eco Resort को रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ, जहाँ प्राकृतिक उपचार, नेचुरोथेरापी, वेलनेस र दिगो जीवनशैलीलाई प्राथमिकता दिइनेछ ।

यससँगै Organic Certification सहित नेपालकै पहिलो Organic Five-Star Wellness Luxury Resort का रूपमा यसलाई विकास गर्ने महत्वाकांक्षी लक्ष्य पनि समेटिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

स्पोर्ट्स, संस्कृति र बुद्ध दर्शनको समिश्रण

रिसोर्टलाई Sports Tourism प्रवर्द्धन गर्ने बहुआयामिक केन्द्रका रूपमा विकास गरिनेछ। अन्तर्राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार, मल्टिस्पेसलिटी रिसोर्ट संरचना र विश्वस्तरीय सुविधाहरू समेटिने जनाइएको छ ।

लुम्बिनीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई उजागर गर्न बुद्ध थीम पार्क, मिनी स्तूपा, मिनी बुद्ध संग्रहालय, ध्यान क्षेत्र (Meditation Zones) र सांस्कृतिक केन्द्र समेत समावेश गरिनेछ, जसले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई थप मजबुत बनाउनेछ ।

रोजगारी, लगानी र आईपीओको तयारी

यो परियोजनाले स्थानीय रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, कम्पनीले भविष्यमा प्राथमिक शेयर निष्कासन (IPO) गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ ।

परियोजनाको व्यवस्थापन र सम्पत्ति विकासका लागि अन्तर्राष्ट्रिय अनुभव भएका विशेषज्ञहरूलाई संलग्न गरिने जनाइएको छ, जसले रिसोर्टलाई दक्षिण एशियाकै उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.