सोमबार, फाल्गुन ४,२०८२ 04:28:39
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:28:39
Bizshala
Global IME Bank Limited

नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगको संयुक्त बैठक सम्पन्न

नेपाल धितोपत्र बोर्ड र विद्युत नियमन आयोगको संयुक्त बैठक सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोग बीच नेपालको पूँजी बजार तथा विद्युत उत्पादन सम्बद्ध क्षेत्रको सुदृढीकरणका लागि सहकार्य गर्न पुस २४ गते नेपाल धितोपत्र बोर्डको कार्यालय खुमलटारमा संयुक्त बैठक सम्पन्न भएको छ ।

पूँजी बजारमार्फत विद्युत उत्पादन सम्बन्धी परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय तथा नीतिगत सामञ्जस्यता कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो । दिगो वित्तीय स्रोत परिचालनका लागि पारदर्शी, प्रभावकारी र लगानीकर्तामैत्री संयन्त्रको आवश्यकता रहने कुरामा दुवै निकायका प्रतिनिधिहरूले एकमत जाहेर गरेका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बोर्ड र आयोगका प्रमुख तथा उपस्थित प्रतिनिधिहरूले बजारमा विश्वास अभिवृद्धि गर्ने, लगानीका अवसर विस्तार गर्ने तथा नेपालको पूँजी बजार र विद्युत उत्पादन सम्बद्ध क्षेत्रको समग्र विकास एवम् स्थायित्वमा योगदान पुर्याउने उद्देश्यले दुवै निकाय बीच निरन्तर सहकार्य, सूचना आदानप्रदान र संयुक्त पहललाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैठकले पूँजी बजार र विद्युत् क्षेत्रबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन दुवै निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने सम्बन्धमा छलफल समेत गरेको छ । उक्त कार्यदलको उद्देश्य लगानीसम्बन्धी नीतिगत विषय, नियामकीय समन्वय तथा विद्यमान नियम कानूनमा थप परिमार्जन गर्ने सम्बन्धमा सहकार्य गरि ठोस उपायहरू पहिचान गर्ने रहनेछ ।

उक्त बैठकमा बोर्डका तर्फबाट अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, कार्यकारी निर्देशकहरु विनयदेव आचार्य, मुक्तिनाथ श्रेष्ठ र रुपेश केसी तथा आयोगका तर्फबाट अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरु डा.मधुसुदन अधिकारी र भगिरथि भट्टराई ज्ञवाली लगायत अन्य पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.