काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंकको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । प्रभु बैंकको संस्थापक समूहको ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तका संस्थापक समूहको १४ हजार ७१० कित्ता गरी कुल ७६ हजार ४७२ कित्ता सेयर आगामी चैत २५ गतेदेखि बिक्रीमा राखिने भएको हो ।
यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । प्रभु बैंकको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ र स्वावलम्बन लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले आफुले लिन चाहेको सेयर संख्या तथा मूल्य खुलाई वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धकको रुपमा एलएस क्यापिटल लिमिटेड रहेको छ ।