सोमबार, बैशाख ७,२०८३ 02:46:43
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:46:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना हुँदै

Bizshala
नयाँ चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना हुँदै
Shivam Cement

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले नयां चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनिहरूको करियर सुरुवातमा सहयोग पुर्याउने उद्देश्यलेपहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाले विश्वास लिइएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको  यस संस्था नेपालमा लेखाव्यवसायको नियमन र प्रवर्द्धन गर्ने स्वायत्त संस्था हो। यस क्याम्पस प्लेसमेन्ट कार्यक्रम मार्फत आइक्यानले दक्ष, इमान्दार र पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टहरूलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रममाबैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा FinTech कम्पनीहरू तथा अन्य रोजगारदाताहरुको सहभागिता रहनेछ।

संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमको बारेमा संस्थाका अध्यक्षा सिए निल बहादुर सारु मगरले भने, ‘नयां चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेको छ। यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमानदार र नैतिक लेखा विज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो।’

CG Motors
Garima Development Bank
IME remit

यस Campus Placement Program मा संस्था का नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूसहभागी हुनेछन् र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त गर्नेछन्।

आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकासलाई सशक्त बनाउनुका साथै संस्थाहरूलाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.