शुक्रबार, जेष्ठ १,२०८३ 06:16:24
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:16:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

TVS Apache Racing Experience नेपालमा पहिलोपटक, अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नयाँ अध्याय

Laxmi Sunrise Bank Limited
TVS Apache Racing Experience नेपालमा पहिलोपटक, अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नयाँ अध्याय
Shivam Cement

काठमाण्डौ । दुई तथा तीन पाङ्ग्रे सवारी साधन उत्पादक कम्पनी TVS Motor Company ले नेपालमा पहिलो पटक TVS Apache Racing Experience (ARE GP) को औपचारिक सुरुवात गरेको छ। यो कार्यक्रम TVS Apache सिरिजको २०औँ वर्षगाँठको अवसरसँगै आयोजना गरिएको हो, जसले नेपाली मोटरस्पोर्ट्स क्षेत्रमा नयाँ आयाम थपेको छ।

कार्यक्रमको पहिलो छनोट चरण साटुंगलस्थित Vehicle Academy and Research Center मा सम्पन्न भएको थियो, जहाँ ६० जना राइडरहरू तथा करिब २०० जना दर्शकको सहभागिता रहेको थियो। सुरक्षित तथा पेशागत रूपमा डिजाइन गरिएको ट्र्याकमा सहभागीहरूले प्रतिस्पर्धात्मक रेसिङ अनुभव प्राप्त गरेका थिए। TVS Racing का अनुभवी च्याम्पियनहरूले सहभागी राइडरहरूलाई प्रत्यक्ष प्रशिक्षण र मार्गदर्शन प्रदान गरेका थिए।

नेपाल चरणमा १० वटा चुनौतीपूर्ण मोड समेटिएको ट्र्याकमा ६० भन्दा बढी राइडरहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धा १६०cc र २००cc दुई वर्गमा विभाजन गरिएको थियो, जसमा प्रदर्शनको मूल्यांकन सबैभन्दा छिटो ल्याप टाइमका आधारमा गरिएको थियो। प्रत्येक वर्गका शीर्ष तीन विजेतालाई NPR २५,००० नगद पुरस्कारसहित विशेष TVS Motor राइडिङ गियर प्रदान गरिएको थियो। 

Bizshala
New Office
CG Motors

साथै, वर्ग विजेताहरूले भारतको चेन्नईस्थित प्रतिष्ठित Madras International Circuit (MIC) मा आयोजना हुने ARE GP फाइनलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। छनोट चरणका विजेताहरू अप्रिल २०२६ मा हुने ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन्।

२००७ मा सुरु गरिएको TVS Racing ARE GP च्याम्पियनसिप ले TVS Apache राइडरहरूका लागि प्रशिक्षण, प्रतिस्पर्धा र मोटरस्पोर्ट्स संस्कृतिलाई एकै प्लेटफर्ममा ल्याउँदै आएको छ। सन् २०२५ मा यो च्याम्पियनसिप भारतका १७ सहरसँगै नेपाल, मेक्सिको र कोलम्बियासम्म विस्तार भएको थियो, जसमा विश्वभरका १,००० भन्दा बढी Apache राइडरहरूको सहभागिता रहेको थियो।

यस अवसरमा TVS Motor Company का Head – Premium Business, विमल सुम्ब्लीले भने, ‘TVS Apache को २० वर्षको यात्रासँगै ARE GP को अन्तर्राष्ट्रिय विस्तार हाम्रो सीमाहरूलाई चुनौती दिने निरन्तर प्रयासको हिस्सा हो। नेपालको बढ्दो प्रदर्शन–उत्साही समुदायले यसलाई आदर्श गन्तव्य बनाएको छ।’

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, Senior Vice President, R&D, आर. बाबुले TVS Racing ले विश्वस्तरीय मोटरस्पोर्ट्स अनुभव प्रदान गर्ने लक्ष्यसहित नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाइरहेको उल्लेख गरे।

कार्यक्रममा Jagdamba Motors का Managing Director, शाहिल अग्रवालले मोटरस्पोर्ट्सले युवा पुस्तालाई प्रेरित गर्ने र स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने महत्वपूर्ण माध्यम भएको बताए।

दिनभर सञ्चालन भएको कार्यक्रम व्हिली र्याम्प, स्टन्ट शो, जिमखाना सेसन लगायतका गतिविधिहरूले भरिएको थियो। साँझको मनोरञ्जनात्मक कार्यक्रममा DJ Sujan, DJ Kiran र DJ Sabinको प्रस्तुति रहेको थियो, जसले सहभागी र दर्शकलाई पूर्ण मोटरस्पोर्ट्स महोत्सवको अनुभव प्रदान गर्‍यो।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X