आईतवार, फाल्गुन ३,२०८२ 04:11:09
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 04:11:09
Bizshala
Global IME Bank Limited

एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

एमभी दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपालका प्रतिष्ठित उद्योगपति तथा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडज्यूको ८०औं जन्मदिनको अवसरमा ग्रुपले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘तपाईंको एक थोपा, कसैको जीवन’ भन्ने मूल नाराका साथ सञ्चालन भएको यस अभियानमा अटो डिभिजन र हाईड्रो डिभिजनका कर्मचारीहरू, ग्रुपका डिलरहरू, छरछिमेकी र अन्य नागरिकले सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकको सहकार्यमा नेपालभर २० स्थानमा एकै दिन ५७८ जनाबाट रक्त संकलन गरिएको छ। संकलित रक्तबाट विरगंज, बुटवल र धनगढीमा तीन जना बिरामीको जीवन जोगाउन सफल भएको जानकारी दिइएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

दुगड स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र समाजकल्याणका क्षेत्रमा समेत सक्रिय छन्। उनका सुझाव अनुसार विगत पाँच वर्षमा एमभी दुगड ग्रुपले १ लाखभन्दा बढी बिरुवा रोपण गरी संरक्षण गरेको छ। यस अभियानअन्तर्गत नेपालका विभिन्न जिल्ला, विद्यालय, मन्दिर र सार्वजनिक स्थलहरूमा विरुवाको हेरचाह समेत गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एमभी दुगड ग्रुपले अटोमोबाइल, कृषी, जलविद्युत, निर्माण, बैंकिङ र बीमा क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ। हाल सोलुखुम्बु र रामेछाप जिल्लामा सञ्चालन भएका जलविद्युत आयोजनाबाट १६१ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ भने दोलखा जिल्लामा २०० मेगावाट क्षमताको आयोजना निर्माणाधिन छ।

ग्रुपले आफ्ना सामाजिक र पर्यावरणीय अभियानमार्फत जनकल्याण र राष्ट्रिय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.