सोमबार, माघ ५,२०८२ 11:19:18
Bizshala
  • सोमबार, माघ ५,२०८२ 11:19:18
Bizshala
Global IME Bank Limited
Bizshala

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५सिरिज नेपालमा सार्वजनिक

Hyundai Nepal
फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५सिरिज नेपालमा सार्वजनिक
Shivam Cement

काठमाण्डौ । विश्वव्यापीप्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरिजमा चारवटा मोडेलहरू–रेड्मी नोट १५प्रो+ ५जी, रेड्मी नोट १५ प्रो५जी, रेड्मी नोट १५५जी ररेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।

यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन -एसआईसी_ ब्याट्री रहेको छजसमा १०% SIC सामग्री छ । यसमा १०० वाट हाइपरचार्ज रहेको छ, जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ । साथै २२=५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलोपटक क्ष्ऋ ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ । सबै प्रोमोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६००चार्ज साइकल पछि पनि ८०% वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।

यस डिभाइसले आईपी ६६/आईपी ६८/आईपी ६९/ आईपी ६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटरड्रप प्रतिरोधक क्षमता छ । 

रेड्मी नोट प्रो+ ५ जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४ एक्स अप्टिकल–लेभल इन–सेन्सरजूम र ओआईएस फिचर छ ।यसमा विश्वभर पहिलो पटक २०० एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ ।एउटै लेन्स, ५ फोकल लेन्थ डीएजीएचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।

CG Motors
Bizshala
Garima Development Bank

यस मोडेलमा शाओमी आइसलुप कूलिङ सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिङ समाधान हो र तीनगुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ । ६=८३–इन्चको १.५ केएमोलेड क्रिस्टल रेस डिस्प्लेले३,२००निट्स पिक ब्राइटनेस दिन्छ, र दुअल स्पिकरहरूले ४००% भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ ।

कनेक्टिभिटीको लागि, प्रोमोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ। रेड्मी नोट १५प्रो+ ५जीमा शाओमी सर्ज टी १ एसट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ®, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियरनिलो रमोका ब्राउन रङमा उपलब्ध छ ।

रेड्मी नोट १५प्रो ५ जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी ६६, आईपी ६८, आईपी६९, आईपी ६९ के रेटिङ छतर मिडिया टेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि -लगभग छ वर्ष_ ८०% क्षमता कायम राख्छ र ४५ वाटमा चार्ज हुन्छ । एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभरिफ्लेक्सन जस्ता उन्नत टूलहरू छन् । ६=८३–इन्चको डिस्प्ले प्रो+ को जस्तैछ, को र्निंगगोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४००% भोल्युम–बूस्टेड दुअल स्पिकर्ससहित छ। यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टुसर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पलरङमा उपलब्ध छ ।

रेड्मीनोट १५५जी मोडेल ७=३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२०एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणाइन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ ।स्न्यापड्रागन ६ जेन ३मा चल्नेयो यन्त्रमा ४५ वाटचार्जिङ छ र ६=७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निटपिक ब्राइटनेस दिन्छ ।एआई एडिटिङ टूलहरूमा इरेज, रिमुभ रिफ्लेक्सन, स्काई, बोकेर ब्युटिफाई प्रकार्यहरू छन् । डुअल स्पिकरहरूले डल्बी एट्मोस सहित ३००% भोल्युम बूस्ट दिन्छ, र यसमा एनएफसी र इन–स्क्रिनफिंगर प्रिन्ट सेन्सिङ समर्थन छ । यो कालो, ग्लेसियरनिलो रमिस्ट पर्पलरङमा उपलब्ध छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

रेड्मी नोट १५४ जी मोडेलमा ६,०००एमएएच ब्याट्रीर १०८मेगा पिक्सेल क्यामेरा छ जसमा३ गुणा अप्टिकल–स्तर टेलिफोटो छ । मिडिया टेकहेलियो जी१०० अल्ट्रा मा ४जी कनेक्टिभिटीसहित चल्ने यो यन्त्रको ६.७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हट्र्जरिफ्रेस रेट र ३,२०० निट ब्राइटनेस छ ।आईपी ६४ सुरक्षा, ३३ वाटचार्जिङ, डल्बी एट्मोस सहितको डुअल स्पिकरहरूर समानएआई एडिटिङसुइट छ। कालो, ग्लेसियर निलो, मिस्ट पर्पलर फरेस्टहरियो रङमाउपलब्ध यो मोडेल ८जीबी ¥यामर ५१२जीबी क्षमतासम्म आउँछ, र हाइब्रिड सिम स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिन्छ।

रेड्मी टाइटन, मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री, झर्दा पनि कमै मात्र क्षति हुने क्षमता तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरुयो सिरिजमा छन् ।यसले रेड्मीनोट उपकरणका लागि मजबुतीको नयाँ मापदण्ड स्थापित गरेको छ ।

सम्पूर्ण लाइनअपमा नयाँ प्रविधिको स्न्याप ड्रागन र मिडिया टेक चिपसेटहरूले छिटो प्रदर्शन, सहज ग्राफिक्स र सुधारिएको ऊर्जा दक्षता दिन्छन् । सबै मोडेलहरूले गुगल जेमिनी र सर्कल टुसर्च समर्थन गर्छन् । सिरिजको शीर्षमा रहेको रेड्मी नोट १५प्रो+ ५जीमा थप व्यक्तिगत र बौद्धिक एआई अनुभवका लागि शाओमी हाइपर एआई एकीकृत गरिएको छ ।६ जीबी+१२८ जीबी देखि१२ जीबी+५१२ जीबी सम्मका भेरियन्टहरूमा उपलब्ध, प्रत्येक मोडेलमा वेट टच२.० -भिजेको स्क्रिनमा पनि सहज सञ्चालन), गुगल जेमिनी एकीकरण, सर्कल टु सर्चर शाओमी हाइपर ओएस छ ।

रेड्मीनोट १५सिरिजको लन्च उत्सवको अवसरमा शाओमीले २०२६ जनवरी १९देखि फेब्रुअरी१४ सम्म विशेष प्रवद्र्धनात्मकअफर सार्वजनिक गरेको छ। यस अवधिमा सबै मोडेलहरूसँग शाओमी बड्समा विशेष छुटको साथ बन्डलिङ अफर पनि उपलब्ध छ ।रेड्मी नोट १५ सिरिजका सबै मोडेलहरूमा ९ महिना०% ईएमआई सुविधाको लाभ लिन सक्नेछन्, जसले फ्ल्यागशिप–स्तरका सुविधाहरू अझ सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ।

रेड्मीनोट १५सिरिज अब नेपालभरि टेलिडाईरेक्ट प्रालि र वत्सलइम्पेक्स प्रालिको विस्तृत डिलर नेटवर्कमार्फत उपलब्ध छ । 

रेड्मीनोट १५प्रो+ ५जीको१२जीबी+५१२जीबी र ८जीबी+२५६ जीबी को मूल्य रु ६६,९९९—५९,९९९ रहेको छ । 

त्यस्तै रेड्मी नोट १५प्रो ५जीको१२जीबी +५१२जीबी र ८जीबी+२५६जीबीको मूल्य रु= ५६,९९९—४९,९९९ छ।साथै रेड्मी नोट १५ ५जीको १२जीबी+५१२ जीबी र८जीबी+२५६ जीबीको मूल्य रु= ४६,९९९—३९,९९९ छ भने रेड्मीनोट १५४ जीको ८जीबी+२५६ जीबी र ६जीबी+१२८ जीबी मूल्य रु. ३५,९९९—२९,९९९ रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.