काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ५.४२२२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नयाँ समायोजित मूल्य अनुसार संस्थाको सेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ७०० रुपैयाका साथ कारोबार बन्द भएको थियो । सोमबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।
संस्थाले आव २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । यो लाभांश संस्थाको आगामी चैत २९ गते आयोजना हुन लागेको १० औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।