मंगलवार, कार्तिक ३,२०८३ 01:23:45
  • मंगलवार, कार्तिक ३,२०८३ 01:23:45
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना वेबिनार आयोजना

Bizshala
सिटिजन्स बैंकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना वेबिनार आयोजना
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो ।

मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको बैंकको भनाई छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रम अन्तर्गत सबै महिला कर्मचारीहरूका लागि ‘स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’ विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजिकरण डा. कञ्चन कौर, वरिष्ठ निर्देशक स्तन क्यान्सर मेदान्त अस्पतालले गर्नुभएको हो । माघ १३ गते यस कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले गर्दा कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल भएको बैंकले जनाएको छ ।

त्यसैगरी, माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्र समेत सञ्चालन गरिएको छ । जसमा डा. पुनीत आहुलवालिया, वरिष्ठ निर्देशक मेदान्त अस्पतालले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो । 

यसमा कुल ५०९ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । साथै दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक  कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरि बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले  बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।                                                     

                                                                   

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.