काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै अघिल्लो आवमा घाटामा रहेको गोर्खाज फाइनान्स नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासस्म्म ६ करोड १६ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा थियो । यो अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ११ करोड ४९ लाख रुपैयाँले रिभर्सल भएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ८२ लाखबाट घटेर १० करोड ४१ लाखमा सीमित बनेको छ ।
कम्पनीको खुद सञ्चालन आम्दानी भने १० करोड २० लाखबाट बढेर २३ करोड ६९ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ६१ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब ७ करोड रुपैयाँ रहेको रिजर्भ घटेर १ अर्ब १ करोडमा खुम्चिएको छ । कम्पनीको सेयर प्रिमियम शीर्षकमा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वितरणयोग्य मुनाफा ६१ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
ग्राहकहरुबाट कम्पनीले ९ अर्ब २ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ५ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १४.४२ प्रतिशतबाट बढेर १७.४६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.२१ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १४७.८७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २४३.२५ रुपैयाँ र तरलता अनुपात ३९.०३ प्रतिशत कायम भएको छ ।

