बिहीबार, फाल्गुन ७,२०८२ 05:32:53
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 05:32:53
Bizshala
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स ६.१६ करोड नाफामा

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स ६.१६ करोड नाफामा
Shivam Cement

काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै अघिल्लो आवमा घाटामा रहेको गोर्खाज फाइनान्स नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासस्म्म ६ करोड १६ लाख रुपैयाँ खुद ब्याज आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा थियो । यो अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ११ करोड ४९ लाख रुपैयाँले रिभर्सल भएको छ ।

कम्पनीको खुद ब्याज आम्दानी १४ करोड ८२ लाखबाट घटेर १० करोड ४१ लाखमा सीमित बनेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको खुद सञ्चालन आम्दानी भने १० करोड २० लाखबाट बढेर २३ करोड ६९ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ६१ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब ७ करोड रुपैयाँ रहेको रिजर्भ घटेर १ अर्ब १ करोडमा खुम्चिएको छ । कम्पनीको सेयर प्रिमियम शीर्षकमा २ करोड २३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ६१ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

ग्राहकहरुबाट कम्पनीले ९ अर्ब २ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ५ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १४.४२ प्रतिशतबाट बढेर १७.४६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.२१ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १४७.८७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २४३.२५ रुपैयाँ र तरलता अनुपात ३९.०३ प्रतिशत कायम भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.