आईतवार, फाल्गुन ३,२०८२ 10:04:42
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:04:42
Bizshala
Global IME Bank Limited

बिक्री आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीको नाफामा १०.७३ प्रतिशतको सुधार

बिक्री आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीको नाफामा १०.७३ प्रतिशतको सुधार
Shivam Cement

काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सामान्य बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद बिक्री आम्दानी पनि १६.२४ प्रतिशतले बढेको छ । कम्पनीले १ अर्ब ७५ करोड करोड रुपैयाँबराबरको बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब ५१ करोड रुपैयाँ कमाएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको कर्मचारी सुविधा खर्च १३ करोड ७७ लाखबाट बढेर १९ करोड ७५ लाख, प्रशासनिक तथा अन्य खर्च ४ करोड ४२ लाखबाट बढेर ७ करोड ८५ लाख बिक्री तथा वितरण खर्च १९ करोड ४८ लाखबाट बढेर २८ करोड ७ लाख र वित्त खर्च ६ लाख ५५ हजारबाट घटेर ६ लाख २७ हजार रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवमा ५३ करोड ४५ लाख रहेको कम्पनीको सञ्चालन मुनाफा ६१ करोड २५ लाख पुगेको छ ।  

कम्पनीको रिजर्भको आकार ७६ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ३ अर्ब ८९ करोड र कुल चालु दायित्व ६३ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १२०.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६.८४ गुणा र तरलता अनुपात ६.१५ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.