मंगलवार, आश्विन २८,२०८२ 09:25:24
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 09:25:24
IME remit
Global IME Bank Limited

एनसेल बन्यो ‘आरएनजीसी स्क्रयाम्बल’ गल्फ प्रतियोगितामा तेस्रो रनर अफ

Hyundai Nepal
एनसेल बन्यो ‘आरएनजीसी स्क्रयाम्बल’ गल्फ प्रतियोगितामा तेस्रो रनर अफ
Shivam Cement

काठमाण्डौ । एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा तेस्रो रनर अपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो ।

यस एक दिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागिहरुले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यावसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो ।

एनसेल ‘ए’ समुहमा व्यावसायिक गल्फर सञ्जय लामा र अन्यतीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह््याण्डीक्याप) र सञ्जय पौड्याल (मिड ह्याण्डीक्याप) रहेका थिए । लामाले तेस्रो रनर अप बनेकोमा रु. १० हजार रुपैयाँ नगद पुरस्कार जितेका थिए ।  

Shivam Cement
Bizshala
CG Motors

व्यावसायिक गल्फर सन्तोष रोक्काको नेतृत्व रहेको कैलाश हेलिकप्टरको समुहले प्रतियोगिताको उपाधीजित्न सफल भएको थियो । कैलाश हेलिकप्टरले १४ अन्डर ५४ स्कोर हासिलगर्दै प्रतियोगिताको उपाधि जितेको हो । रोक्काले रु. ५० हजार रुपैयाँ नगद पुरस्कार पनि जितेका छन् । मातृका आई सेन्टर ‘ए’ १३ अन्डर ५५ स्कोरका साथ रनर अप अर्थात उपविजेता बनेको थियो । यसका लागि खड्काले रु. ३० हजार नगद पुरस्कार पनि जितेका थिए ।

त्यसैगरी व्यावसायिक गल्फर भीमसेन चौलागाईको नेतृत्वमा रहेको सपोर्ट नेपाल फाउण्डेशनको टोलीले एनसेल ‘ए’ लाई काउन्ट ब्याकमा जित्दै १२ अन्डर ५६ स्कोरका साथ दोस्रो रनर अप बनेको थियो । चौलागाईले रु २० हजार नगद पुरस्कार जितेका थिए। सपोर्ट नेपालका मिथुन राईले स्ट्रेट ड्राइभ र रोड हाउस क्याफे प्रा.लिका स्वदेश गुरुङले क्लोजेस्ट टु द पिनको उपाधि जितेका थिए । उनीहरुलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

यो गल्फप्रतियोगिता रोयल नेपालगल्फक्लब (आरएनजीसी) ले आयोजना गरेको थियो ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.