काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र बजारसम्बन्धी लेख÷रचना पठाउन आह्वान गरेको छ । बोर्डले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख÷रचना पठाउन सबैमा आह्वान गरेको हो ।
ती लेख/रचना समावेश गर्दै बोर्डले विशेषाङ्क प्रकाशन गर्ने भएको छ ।
बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले जारी गरेको जानकारी अनुसार, यस विशेषाङ्कमा प्रकाशित हुन चाहने मौलिक लेख/रचनाहरू नेपाली वा अंग्रेजी भाषामा कम्तीमा २५०० शब्दको हुनुपर्नेछ। लेखहरू एआई प्रयोग नगरी तयार गरिएका, अन्यत्र प्रकाशित नभएका र प्रकाशनका लागि पठाइएको नभएका हुनुपर्ने शर्त पनि राखिएको छ।
लेख/रचना बुझाउने अन्तिम मिति बैशाख १५, २०८३ तोकिएको छ। इच्छुक लेखकहरूले आफ्नो रचना [email protected] मा पठाउन सक्नेछन्। प्रकाशन गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा बोर्डको अधिकार हुने जनाएको छ।

