मंगलवार, बैशाख ८,२०८३ 02:26:10
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 02:26:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दाबी भुक्तानी र प्राकृतिक प्रकोपको चापले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १७.८५ करोड घाटामा

Bizshala
दाबी भुक्तानी र प्राकृतिक प्रकोपको चापले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १७.८५ करोड घाटामा
Shivam Cement

काठमाण्डौ। दाबी भुक्तानीमा आएको अस्वाभाविक वृद्धि र प्राकृतिक प्रकोपजन्य घटनाको प्रभावका कारण सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटामा गएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १७ करोड ८५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २२ करोड ५० लाख रुपैयाँ नाफामा थियो।

कम्पनीको वित्तीय नतिजामा दबाब सिर्जना गर्ने मुख्य कारण दाबी भुक्तानी हो। समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ९८ करोड ५८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६१ करोड ९३ लाख रुपैयाँको तुलनामा उल्लेख्य बढी हो। 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी तथा असोज महिनामा आएको बाढी–पहिरोका कारण दाबी रकम उल्लेख्य रूपमा बढेको कम्पनीले जनाएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आम्दानी ७४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.१२ प्रतिशतले कम हो। कुल आम्दानी पनि घटेर १ अर्ब १२ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कुल आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कमिशन आम्दानी १८ करोड ९५ लाख रुपैयाँ, लगानी तथा कर्जा आम्दानी १६ करोड ७० लाख रुपैयाँ र अन्य प्रत्यक्ष आम्दानी १ करोड १८ लाख रुपैयाँ रहेको छ।

यो अवधिमा कम्पनीको कुल खर्च १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९६ करोड ११ लाख रुपैयाँको तुलनामा बढी हो। खर्च वृद्धिसँगै कम्पनीको रिटेन्ड अर्निङ घटेर ११ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष यो ९९ करोड ८७ लाख रुपैयाँ थियो।

CG Motors
Garima Development Bank
IME remit

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा ४ लाख ७५ हजार रुपैयाँ संचित गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ २४१.३४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५९.९० रुपैयाँ तरलता अनुपात १.४४ प्रतिशत र मूल्य आम्दानी अनुपात ५६.३५ गुणा ऋणात्मक भएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.