काठमाण्डौ । सिम्रिक एयर लिमिटेडले आईपीओ निष्कासन गर्न वार्षिक साधारण सभा डाकेको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २८ गतेका लागि साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावली संशोधन गर्ने र गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित समेत पारित गरिनेछ ।

