शुक्रबार, श्रावण १,२०८३ 07:26:07
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 07:26:07
Bizshala
Global IME Bank Limited

फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, रु ७ लाखसम्मको विशेष योजना

फोर्थिङ ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे ईभी’ अफर सार्वजनिक, रु ७ लाखसम्मको विशेष योजना
New Office

काठमाण्डौ । नेपालका लागि फोर्थिङको आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालि लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी)ले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर सार्वजनिक गरेको छ।सीमित अवधिका लागि ल्याइएको यो योजनाले ग्राहकहरूलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

फोर्थिङ फ्राइडे ईभीको खरिदमा ग्राहकहरूले यो विशेष अफर अन्तर्गत रु ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन्। यस अफरमा समावेश फाइदाहरू यस प्रकार छन्ः

एक्सचेन्ज बोनसः पुरानो गाडीको उचित मूल्याङ्कन र आकर्षक एक्सचेन्ज सुविधा

नगद छुटः नयाँ गाडीको खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट

अटो प्लस इन्स्योरेन्सः सुरक्षित यात्राको लागि भरपर्दो बीमा सुविधा

सडक करः स्वामित्व प्रक्रियालाई सहज बनाउन सडक करको व्यवस्था

निःशुल्क स्पेयर टायरर एसीचार्जरः गाडीसँगै आवश्यक एक्सेसरीजहरू निःशुल्क उपलब्ध गराइने

सप्राइज गिफ्ट्सः नयाँ गाडीको उत्साहलाई थप बढाउन उपहारहरू

 

लक्ष्मी ई–मोबिलिटी प्रालिले यो ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर नेपाली ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीको अनुभव गराउने एउटा विशेष निमन्त्रणा भएको जनाएको छ।कम्पनीले ७ लाखसम्मको बचत र पूर्ण सपोर्ट प्याकेजमार्फत हामीले नेपालमा वातावरणमैत्री र प्रिमियम सवारीको प्रयोगलाई थपसहज बनाउने लक्ष्य राखेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.