काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
सो प्रतिशत दरको कुल १ लाख ६५ हजार ८५ कित्ता सेयर सूचीकृत भएको हो । योसँगै संस्थाको सूचीकृत सेयर संख्या १३ लाख २३ हजार ५८१ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

