आईतवार, बैशाख ६,२०८३ 08:45:16
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:45:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमकको मुद्दती निक्षेपमा एयरमार्क सम्बन्धी मार्गदर्शन संशोधन, के फेरियो ?

Bizshala
बीमकको मुद्दती निक्षेपमा एयरमार्क सम्बन्धी मार्गदर्शन संशोधन, के फेरियो ?
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको मुद्दती निक्षेपमा एयरमार्क सम्बन्धी मार्गदर्शन २०८१ संशोधन गरेको छ ।  

प्राधिकरणको माघ २७ गतेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त मार्गदर्शनको परिच्छेद (५)को निर्देशन ९ (३) संशोधन गरेको हो ।  

जसबमोजिम बीमा कम्पनीले एयरमार्क सम्बन्धि प्रक्रियाका लागि मुद्दती निक्षेप खाता खोलिएको १५ कार्य दिनभित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेस्ट पेश गर्नुपर्नेछ र उक्त अवधिपश्चात पेश गरिएको कुनै पनि ब्लक रिक्वेस्ट उपर कारबाही अगाडी नबढाउने प्राधिकरणले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसअघि बीमकले मुद्दती निक्षेप खाता खोलेको ७ दिनभित्र एयरमार्क प्रणालीमा ब्लक रिक्वेष्ट पेश गर्नुपर्ने प्रावधान थियो र उक्त अवधिपश्चात पेश गरेको कुनै पनि ब्लक रिक्वेष्ट उपर कारबाही अगाडी नबढाउने व्यवस्था थियो ।  

प्राधिकरणले बीमा कम्पनीहरुको लागि सहज नीति अपनाई मुद्दती निक्षेप खोल्दा एयरमार्क प्रणालीमा ब्लक रिक्वेष्ट पेश गनेुपर्ने समयसीमा बढाइदिएको हो ।   

CG Motors
Garima Development Bank
IME remit

यसका साथै बीमकले ब्लक रिक्वेष्ट गर्दा सम्बन्धित मुद्दती निक्षेपको नम्बर, मुद्दती निाक्षेपको सुरु मिति र मुद्दती निक्षेपको परिपक्वता मितिको प्रमाणीकरणका लागि निवेदन, मुद्दती निक्षेप रसिद, एकै मितिमा सुरु हुने मुद्दती निक्षेप खाताहरुको लागि एकल स्व–घोषणा पत्र र प्रस्तावित मुद्दती निक्षेपमा गरिएको लगानी प्राधिकरणबाट जारी लगानी निर्देशनमा तोकिएको सीमा भित्र रहेको भनी बीमकको वित्त प्रमुखद्वारा प्रमाणित स्व–घोषणा पत्र संलग्न गर्नुपर्ने व्यवस्था छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.