आईतवार, बैशाख ६,२०८३ 08:08:00
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:08:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चालू पूँजी कर्जामा खुकुलो नीति, पुनर्ताालिकीकरणमा सुविधा

Bizshala
चालू पूँजी कर्जामा खुकुलो नीति, पुनर्ताालिकीकरणमा सुविधा
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मागर्दशन संशोधन गरेको छ । केन्द्रीय बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ ।  

यसरी पुनरतालिकीकरण गर्दा कर्जालाई खराब वर्गमा झार्नु पर्ने वा थप कर्जा नोक्सानी व्यवस्था गर्नु नपर्ने व्यवस्था समेत संशोधनमार्फत् गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा मात्रै आगामी असार मसान्तसम्म यस्तो कर्जा पुनर्तालिकीकरण गर्न राष्ट्र बैंकले संशोधित व्यवस्थामा उल्लेख गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको नमानिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।  

बैंक तथा वित्तीय संस्थाले चालू पूँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म) चालू पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत आवश्यकता पहिचान भएमा ‘स्थायी चालू पूँजी आवश्यकता’का लागि आवधिक प्रकृतिको चालू पूँजी कर्जा प्रदान गर्न सक्ने निर्देशनमा उल्लेख छ ।

CG Motors
Garima Development Bank
IME remit

चालू पूँजी कर्जाका विभिन्न खातामध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्नेगरी व्यवस्था गरिएको छ । यसअघि १० प्रतिशतको सीमा थियो ।

यसका साथै संशोधित व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले स्थायी चालू पुँजी कर्जाको भुक्तानी अवधि आफैं निर्धारण गर्न पाउनेछन् । यसअघि यस्तो कर्जा अनिवार्य रूपमा ३ देखि १० वर्षसम्मको हुनुपर्ने व्यवस्था थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.