सोमबार, चैत्र २,२०८२ 04:48:06
Bizshala
  • सोमबार, चैत्र २,२०८२ 04:48:06
Bizshala
Global IME Bank Limited

अर्थमन्त्री खनालको बैंक तथा वित्तीय क्षेत्रका नियामक प्रमुखहरुसँग भेटवार्ता

Hyundai Nepal
अर्थमन्त्री खनालको बैंक तथा वित्तीय क्षेत्रका नियामक प्रमुखहरुसँग भेटवार्ता
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।  

सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री खनालले नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्डका प्रमुखहरुसँग भेटवार्ता गरेका हुन् ।  

अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उक्त भेटघाटमा अर्थमन्त्री खनालले आफुलाई अर्थमन्त्रीको रुपमा रहदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न,  पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरुले खेलेको भूमिका प्रति हार्दिक धन्यवाद प्रदान गरे ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो अवसरमा नियामक निकायका प्रमुखहरुले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउदै नेपालको बैक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरे ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.