काठमाण्डौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।
संस्थाको कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ आज सूचीकृत भएको हो । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या ७९ लाख १७ हजार २२१ कित्ता पुगेको छ ।
कम्पनीको आजको सेयरभाउ ७७१ रुपैया पुगेर बन्द भएको छ । सोही मूल्यकै आधारमा भोलि संस्थाको एफपीओको पनि कारोबार खुल्नेछ ।

