Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 04:59:44
Bizshala
Global IME Bank Limited

बीमकको पुनर्बीमा निर्देशिका दोस्रोपटक संशोधन, पुनर्बीमा ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप

Hyundai Nepal
बीमकको पुनर्बीमा निर्देशिका दोस्रोपटक संशोधन, पुनर्बीमा ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० दोस्रोपटक सशोधन गरेको छ ।  

पुनर्बीमा व्यवसाय सम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकाले प्राधिकरणले निर्देशिका संशोधन गरेको जनाएको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

संशोधित निर्देशिकाअनुसार पुनर्बीमा ब्रोकरलाई शाखा कार्यालय स्थापनाको लागि अवधि थप गरिएको छ । अब पुनर्बीमा ब्रोकरको शाखा कार्यालय खोल्न चाहाने कम्पनीले थप ६ महिना समयावधि प्राप्त गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।  

प्राधिकरणले २०८० को जेठ ९ गते पुनर्बीमा निर्देशिका जारी गरेर पुनर्बीमा ब्रोकरलाई ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न निर्देशन दिएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

तर पुनर्बीमा ब्रोकरले २ वर्षसम्म शाखा कार्यालय स्थापना गर्न अटेर गरेपछि पहिलोपटक २०८२ असारमा निर्देशिका संशोधन गरी ६ महिनाको अवधि दिइएको थियो । तोकिएको अवधिभित्र अर्थात् पुषसम्म पुनर्बीमा ब्रोकरले शाखा स्थापना गर्न नसकेपछि प्राधिकरणले पुनः समय थप गरी निर्देशिका नै संशोधन गरेको हो ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.