मंगलवार, आश्विन २७,२०८३ 11:51:42
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 11:51:42
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा ऋणीलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्बन्धी योजना सार्वजनिक

Bizshala
एनआईसी एशिया लघुवित्तद्वारा ऋणीलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्बन्धी योजना सार्वजनिक
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरुलाई प्रदान गरिने ब्याज तथा अन्य छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । संस्थाले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरुरकर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने उदेश्यले यो योजना ल्याएको जनाएको छ ।  

प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने ‘ब्याज छुट योजना’ ल्याएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

क्र.सं. कर्जाको वर्गीकरण छुट

१. कमसल कर्जा (९० दिन भन्दा माथि १८० दिनसम्मले भाखा नाघेको) १० प्रतिशत

२. शंकास्पद कर्जा (१८० दिन भन्दा माथि ३६५ दिनसम्मले भाखा नाघेको) १५ प्रतिशत

३.खराब कर्जा (३६५ दिन भन्दा बढीले भाखा नाघेको) २० प्रतिशत

संस्थाबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने संस्थाले जनाएको छ । संस्थाले ल्याएको यस ब्याज छुट योजनाबाट विविध कारणले आर्थिक समस्यामा पर्नुभएका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने संस्थाले विश्वास लिएको छ ।

एनआईसी एशिया लघुवित्तले विगत ६ वर्ष भन्दा बढि अवधि देखी क्रमिक रुपमा ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X