काठमाण्डौ । चालु आवको ८ महिनासम्ममा शोधनान्तर स्थिति रु.६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ ।
गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको थियो ।
फागुन मसान्तसम्म चालु खाता रु.५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता रु.१ खर्ब ९७ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ८८ करोडले बचतमा रहेको छ ।
सो अवधिसम्म खुद पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ५९ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.६ अर्ब ४१ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.८ अर्ब ४७ करोड रहेको थियो ।

