काठमाण्डौ । बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणबाट आईपीओको प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
कम्पनीको उक्त विशेष सभा यही वैशाख २१ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाबाट कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरिनुका साथै सञ्चालकको सेवासुविधा निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

