काठमाण्डौ । लामो रस्साकस्सी पछि १९ जनाको आवेदनबाट ५ जनाको सर्टलिस्ट तयार पारेको केही दिनमा नै नेपाल सरकारले धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया स्थगित गरेको छ ।
सर्टलिस्टमा परेको आवेदकहरुमध्ये नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले दिएको जानकारी अनुसार आफुहरुलाई हालको लागि छनौट प्रक्रिया रोकिएको जानकारी अर्थमन्त्रालयले दिएको पुष्टि गरे ।
साथै कार्कीले अब छनौट प्रक्रिया कहिले हुने भन्ने कुरा अनिश्चित रहेको उनले बताए ।
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएका थिए । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ जना आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट तयार पारेको थियो ।
समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा। नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठको नाम फाइनल गरेको थियो ।