काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि जिल्ला स्तरका अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले उक्त मितिबाट अधिवेशन सुरु गर्ने निर्णय गरेको जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।
सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो।
यसैबीच, भोलि (सोमबार) केन्द्रीय समिति बैठक बस्ने तय भएको छ। उक्त बैठकमा सचिवालयले अघि सारेका एजेन्डाहरूलाई अनुमोदन गर्ने कार्यसूची रहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।