काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ ।

