मंगलवार, कार्तिक ३,२०८३ 03:28:38
  • मंगलवार, कार्तिक ३,२०८३ 03:28:38
Global IME Bank Limited

टक्सार पिखुवा खोला हाईड्रोपावरले वैशाख २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

Bizshala
टक्सार पिखुवा खोला हाईड्रोपावरले वैशाख २३ गतेदेखि आईपीओ निष्कासन गर्ने
New Office

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तगर्तको आईपीओ वैशाख २३ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँबराबरको रु. १०० अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्काशन गर्न अनुमति पाएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

जसमध्ये स्वीकृत विवरणपत्र मार्फत जारी पूँजीको १० प्रतिशत अर्थात १२ करोड रुपैयाँको रु.१०० अंकित दरका १२ लाख कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थाई बसोबास गर्ने बासिन्दाहरु (भोजपुर जिल्लाको बासिन्दा) को निमित्त, सार्वजनिक निष्काशन गरिने सेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७ सय रुपैयाँबराबरको रु.१०० अंकित दरका ३ लाख ३ हजार ६७ कित्ता सेयरहरु नेपाल सरकारको सम्बधित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात १ करोड ५१ लाख ५३ हजार ३०० रुपैयाँबराबरको रु.१०० अंकित दरका १ लाख ५१ हजार ५३३ कित्ता सेयरहरु सामूहिक लगानी कोषका योजनाहरुको निष्कासन गरेको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

यो आईपीओमा छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिल लिमिटेड रहेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.