काठमाण्डौ । चिनियाँ ईभी कार निर्माता कम्पनी बिवाईडीले १ हजार किमी रेञ्ज दिने आफ्नो सेकेण्ड–जेनेरेशन ‘ब्लेड ब्याट्री प्याक ल्याउने भएको छ ।
यो रेञ्ज विश्वको सबैभन्दा ठूलो अटो निर्माता टोयाटाले सन् २०२६ मा ल्याउने घोषणा गरेको ब्याट्री जत्तिकै हो ।
बिवाईडीका अध्यक्ष वाङ चुआनफुले हालै आयोजना भएको वित्त सम्मेलनमा सेकेण्ड जेनेरेशन ब्लेड लिथियम–आयन प फोसफेट(एलएफपी) ब्याट्री प्रविधिका बारेमा जानकारी दिएका हुन् ।
यो नयाँ ब्याट्री बिवाईडीको फस्र्ट जेनेरेशन एलएफपी ब्याट्रीहरुको तुलनामा हलुको,सानो र अझै धेरै प्रभावकारी हुने बताइएको छ । यो नयाँ ब्याट्रीले १९० किलोवाट आवर डेन्सिटीका साथ १ हजार किलोमिटरको सेञ्ज प्रदान गर्नेछ । बिवाईडीको फर्स्ट जेनेरेशन एलएफपी ब्याट्री सन् २०२० मा लञ्च गरिएको थियो ।