काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको नाफा ५ करोड २ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म ६३.६४ प्रतिशतले् बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्म भने ३ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी भने १.२७ प्रतिशतले घटेको छ । कम्पनीले २१ करोड ५२ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । कम्पनीको वित्तीय खर्च भने घटेको छ । अघिल्लो आवमा ५ करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च ३ करोड ९४ लाखमा सीमित बनेको छ ।
यस्तै कम्पनीको अन्य सञ्चालन खर्च पनि ३ करोड ३८ लाख रुपैयाँबाट घटेर २ करोड ६८ लाखमा सीमित बनेको छ । यो अवधिमा कम्पनीको रिजर्भको आकार १० करोड १५ लाखबाट घटेर १४ करोड ३७ लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.६८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६.९२ रुपैयाँ र तरलता अनुपात ७.९० प्रतिशत कायम भएको छ ।

