मंगलवार, आश्विन १३,२०८३ 07:24:16
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:24:16
Bizshala
Global IME Bank Limited

५१.५३% ले बढ्यो हिमालयन लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

Bizshala
५१.५३% ले बढ्यो हिमालयन लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?
New Office

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले आज सार्वजनिक गरेको विवरणअनुसार संस्थाले ८ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाको खुद ब्याज आम्दानी ३०.२३ प्रतिशतले बढ्दै ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ३ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ३२ करोड ३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २८ करोड २८ लाखमा सीमित थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ३७ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले रिभर्सल चार्जका लागि ६८ लाख २२ हजार रुपैयाँ छुट्टाएको थियो ।  

अघिल्लो आवमा ३ करोड ८६ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भको आकार १२ करोड ३९ लाखबाट बढेर १६ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ४ करोड ५५ लाख छुट्टाएको छ ।  

ग्राहकहरुबाट १ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ५.३४ प्रतिशतबाट बढेर १०.०४ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ५ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस्तै लाभांश क्षमता २०.९१ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३१.६८ रुपैयाँ,मूल्य आम्दानी अनुपात २९.२० गुणा,प्रतिसेयर नेटवर्थ १५०.७६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६८६.०६ रुपैयाँ र तरलता अनुपात १३.३६ गुणा कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.