काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको चैत २९ गते आयोजना हुने भनिएको १० औं साधारण सभा स्थगित भएको हो ।
गणपुरक संख्या नपुगकोले साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ ।
साधारण सभा आरम्भ हुनु अगावै गणपुरक संख्या एकिन गर्नुपर्ने भएकाले साधारण सभामा उपस्थित सेयरधनीहरुको ५० प्रतिशतभन्दा बढी सेयर संख्याको प्रतिनिधित्व हुन नसकेको कारण कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावलीको नियम २३ बमोजिम साधारण सभा स्थगित गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।