सोमबार, बैशाख २१,२०८३ 12:43:51
Bizshala
  • सोमबार, बैशाख २१,२०८३ 12:43:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

Bizshala
यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन
Shivam Cement

काठमाण्डौ । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर प्रा. लि.’ औपचारिक रूपमा उद्घाटन गरेको छ।यामाहा नेपालको यस १०३औँ शोरूमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायातमन्त्री जयराम थापाले गरेका थिए । 

कार्यक्रममा विशेष अतिथिहरूका रूपमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता लामा, तथा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ शोरूममा बिक्री (Sales), सेवा (Service) र स्पेयर पार्ट्स (Spares) एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले बुढानीलकण्ठ तथा आसपासका राइडरहरूलाई आवश्यक सबै सेवाहरू एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको व्हिलिश ग्यालोर प्रालिले ग्राहकहरूलाई हरेकपटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बोल्दै दीपककुमार अग्रवालले भने, ‘बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको अझ धेरै ग्राहकहरूसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई सकार बनाउन सहयोग गर्ने छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर सशक्त र संगठित सञ्जाल निर्माणतर्फको हाम्रो प्रयासलाई अगाडि बढाउँछ।’

CG Motors
Garima Development Bank
IME remit

बुढानीलकण्ठ शोरूमले काठमाण्डौ उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयरपार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.