मंगलवार, असार ३,२०८२ 01:30:15
  • मंगलवार, असार ३,२०८२ 01:30:15
Global IME Bank Limited

एकै दिन २ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, अन्तर बैंक ब्याजदर स्थिर

Hyundai Nepal
एकै दिन २ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, अन्तर बैंक ब्याजदर स्थिर
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २६ गते बैंकिङ प्रणालीबाट २ अर्ब थपिएको हो । चैत २५ गते ६१ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २६ गतेसम्म भने ६१ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    

कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । चैत २५ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब १३ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा २ अर्बले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले बढ्दै ७ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । चैत २५ गते अन्य वित्तीय क्षेत्रको निक्षेप ७ खर्ब १५ अर्ब थियो ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने घटेको छ । चैत २५ गते ५० खर्ब ९३ अर्ब रहेको कर्जा प्रवाह चैत २६ गतेसम्म भने १ अर्बले घटेर ५० खर्ब ९२ अर्बमा सीमित भएको छ ।  बैंकिङ प्रणालीको निक्षेप बढेसँगै सीडी रेसियो ८०.६८ प्रतिशतबाट घटेर ८०.६४ प्रतिशत पुगेको छ । बैंकहरुको अन्तर बैंक ब्याजदर भने स्थिर अर्थात ३.२९ प्रतिशत रहेको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.