काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कुत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आज सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ९ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०६.४१ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ५४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा २२ करोड १ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने २३ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्चमा कमी आएको छ । अघिल्लो आवमा ८ करोड ९१ लाख रहेको कम्पनीको वित्त खर्च ५ करोड ३८ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रशासनिक खर्च पनि ७३ लाख ७४ हजारबाट घटेर ४४ लाख ६४ हजार र कर्मचारी सुविधा खर्च ८३ लाख २९ हजारबाट घटेर ६३ लाख ५५ हजारमा सीमित बनेको छ ।
१ अर्ब १८ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति २२ करोड ८२ लाख र कुल चालु दायित्व ४ करोड १३ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.०६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२५.७४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११८.७४ गुणा र तरलता अनुपात ५.५२ प्रतिशत कायम भएको छ ।

