सोमबार, श्रावण १८,२०८३ 04:50:50
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:50:50
Bizshala
Global IME Bank Limited

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार

झापामा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज २०२६ हुने, प्रथमलाई एक लाख पुरस्कार
New Office

काठमाण्डौ । नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता २०२६ झापमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाटीको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते झापाको पाथिभरा कुलिनरी आर्ट कलेजमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले प्रतियोगिताले नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतासँग जोड्ने विश्वास व्यक्त गरे ।

उनले नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा प्रतियोगिता केन्द्रित रहने बताए । ‘विभिन्न भौगोलिक क्षेत्रका लोपोन्मुख तथा परम्परागत परिकारलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्ताका शेफलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष अधिकारीले भने ।

कार्यक्रममा खुला पाककला प्रतियोगिता, विभिन्न खाद्य प्रतिस्पर्धा तथा खाद्य महोत्सव आयोजना गरिनेछ । ५० भन्दा बढी स्टल रहने महोत्सवमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका परिकारको स्वाद लिन सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय शेफ निर्णायकका रूपमा सहभागी हुनेछन् । उनीहरूको सहभागिताले नेपाली शेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन र अनुभव आदानप्रदानको अवसर मिल्ने विश्वास आयोजकको छ ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धकले शेफहरू विश्वव्यापी जनशक्ति भएको उल्लेख गर्दै उनीहरूले स्थानीय तहसम्म सहकार्य र योगदान पुर्‍याउने बताए । ‘शेफहरू विश्वव्यापी जनशक्ति हुन् । उनीहरूले स्थानीय स्तरमा समेत सहकार्य गर्दै समाज र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्,’ उनले भने । 

थापालियाले पाककलालाई राजधानीबाहिर विस्तार गर्नु साहसिक कदम भएको उल्लेख गर्दै थपे, ‘पाककलालाई राजधानी बाहिर लैजानु ठूलो हिम्मतको काम हो । यसले स्थानीय पर्यटन, उत्पादन र संस्कृतिलाई थप प्रवर्द्धन गर्नेछ,’ उनले भने । उनले नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न शेफहरूले साँचो सांस्कृतिक दूतको भूमिका निर्वाह गरिरहेको समेत बताए ।

प्रतियोगितामा सहभागिताका लागि तीन सदस्यीय टोली अनिवार्य गरिएको छ । सहभागी टोलीहरूले सोसाइटीको आधिकारिक खातामा दर्ता शुल्क जम्मा गरी सहभागिता सुनिश्चित गर्नुपर्ने जनाइएको छ । प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कारस्वरूप एक लाख रुपैयाँ, द्वितीयलाई ७५ हजार रुपैयाँ र तृतीयलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

आयोजकका अनुसार कार्यक्रमले पाककला क्षेत्रको विकाससँगै पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.