मंगलवार, कार्तिक ३,२०८३ 03:29:04
  • मंगलवार, कार्तिक ३,२०८३ 03:29:04
Global IME Bank Limited

आम्दानीमा गिरावटसँगै बन्दीपुर केवलकारको घाटा बढ्यो

Bizshala
आम्दानीमा गिरावटसँगै बन्दीपुर केवलकारको घाटा बढ्यो
New Office

काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड २४ लाख रुपैयाँ घाटामा थियो ।

यो अवधिमा कम्पनीको कुल आम्दानी ४१.०२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ करोड ८१ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म १ करोड ६६ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको वित्त खर्च १ करोड १९ लाख रुपैयाँबाट घटेर १ करोड ७ लाखमा सीमित बनेको छ । कम्पनीको सञ्चालन खर्च ५८ लाख २ हजार रहेको छ । यो अवधिमा कर्मचारी सुविधा खर्च ३४ लाख ४४ हजारबाट बढेर ३५ लाख ५ हजार पुगेको छ ।

प्रशासनिक खर्च भने ७३ लाखबाट बढेर ४२ लाख ६८ हजार र बिक्री र प्रवद्र्धन खर्च १ लाख ७२ हजारबाट बढेर ५ लाख ९ हजार पुगेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ भने २२ करोड ९३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५७ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९१.९० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १ हजार ५४७.०४ गुणा ऋणात्मक कायम भएको छ ।   

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.