काठमाण्डौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आम्दानी घटेसँगै घाटा झनै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड २४ लाख रुपैयाँ घाटामा थियो ।
यो अवधिमा कम्पनीको कुल आम्दानी ४१.०२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २ करोड ८१ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म १ करोड ६६ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च १ करोड १९ लाख रुपैयाँबाट घटेर १ करोड ७ लाखमा सीमित बनेको छ । कम्पनीको सञ्चालन खर्च ५८ लाख २ हजार रहेको छ । यो अवधिमा कर्मचारी सुविधा खर्च ३४ लाख ४४ हजारबाट बढेर ३५ लाख ५ हजार पुगेको छ ।
प्रशासनिक खर्च भने ७३ लाखबाट बढेर ४२ लाख ६८ हजार र बिक्री र प्रवद्र्धन खर्च १ लाख ७२ हजारबाट बढेर ५ लाख ९ हजार पुगेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ भने २२ करोड ९३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५७ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९१.९० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७.३२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १ हजार ५४७.०४ गुणा ऋणात्मक कायम भएको छ ।

