आईतवार, बैशाख २७,२०८३ 06:25:39
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 06:25:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘सरकारले निजी क्षेत्रलाई चेप्यो’ भन्दै परिसंघ आक्रामक, बजेटअघि अर्थमन्त्रीलाई बुझायो ४५० बढी सुझाव

मन्दी, कालोसूची र युवापलायन रोक्न १० वर्ष नबदलिने औद्योगिक नीति माग

Bizshala
‘सरकारले निजी क्षेत्रलाई चेप्यो’ भन्दै परिसंघ आक्रामक, बजेटअघि अर्थमन्त्रीलाई बुझायो ४५० बढी सुझाव
Shivam Cement

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटअघि निजी क्षेत्रले सरकारसमक्ष अर्थतन्त्रलाई ‘बिग रिबुट’ गर्ने खालका आक्रामक सुझाव पेश गरेको छ । नेपाल उद्योग परिसंघ (CNI) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरेको सुझावपत्रमा उद्योग, लगानी, कर, भन्सार, डिजिटल सेवा, पूर्वाधारदेखि विदेशमा लगानी गर्न पाउने अधिकारसम्मका विषय उठाइएको छ ।

परिसंघले अहिलेको आर्थिक मन्दीलाई ‘नीतिप्रेरित मन्दी’को संज्ञा दिएको छ । नीतिगत अस्थिरता, व्यवसायप्रति अविश्वास र नियामकीय हस्तक्षेपले निजी क्षेत्रको मनोबल खस्किएको निष्कर्ष परिसंघको छ । परिसंघले प्रस्तुत गरेको स्लाइडमा “समग्र मागमा गिरावट”, “उद्योग बन्द हुँदै गएको”, “युवाहरू रोजगारीका लागि पलायन भएको” र “कालोसूचीमा पर्नेहरूको संख्या अत्यधिक बढेको” उल्लेख गरिएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘१० वर्षसम्म नीति नबदलियोस्’

परिसंघले उद्योग र लगानीसम्बन्धी नीतिमा कम्तीमा १० वर्ष स्थायित्वको ग्यारेन्टी मागेको छ । “Regulatory Predictability” बिना लगानी नबढ्ने भन्दै उद्योगलाई पहिलो प्राथमिकतामा राखेर दीर्घकालीन औद्योगिक रणनीति लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

परिसंघले रोजगार, उत्पादन र आयात प्रतिस्थापनलाई केन्द्रमा राखेर बजेट ल्याउन आग्रह गरेको छ । साथै ‘Comparative Advantage’ भएका वस्तुमा केन्द्रित औद्योगिक विकास रणनीति बनाउनुपर्ने उल्लेख छ ।

‘कच्चा पदार्थमा कर छुट, तयारी वस्तुमा बढी भन्सार’

भन्सार नीतिमा परिसंघले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा कम्तीमा दुई तहको फरक हुनुपर्ने माग गरेको छ । उद्योगलाई प्रतिस्पर्धी बनाउन कच्चा पदार्थमा लाग्ने भन्सार फिर्ता वा समायोजन (Net Settlement) प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

४० प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई बाँकी कच्चा पदार्थ आयातमा कर छुट दिनुपर्ने र ५० प्रतिशतभन्दा बढी value addition भएका स्वदेशी उत्पादनलाई tariff तथा non-tariff संरक्षण दिनुपर्ने माग पनि परिसंघको छ ।

आयकरको सीमा १० लाख पुर्‍याउन माग

कर प्रणालीलाई “सरल, एकीकृत र सीमित” बनाउनुपर्ने माग गर्दै परिसंघले व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ बनाउन र आयकरको दर घटाउन सरकारलाई सुझाएको छ ।

यस्तै जोखिममा आधारित अडिट प्रणाली, डिजिटल कर प्रशासन, advance ruling व्यवस्था र कर विवाद समाधान प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिइएको छ ।

‘FaceLess, PaperLess, ContactLess’ सरकारको माग

परिसंघले सम्पूर्ण सार्वजनिक सेवा “Faceless, Paperless and Contactless” बनाउनुपर्ने माग अघि सारेको छ । सेवा दिन ढिलाइ भए लिखित जानकारी दिनुपर्ने, निर्णय लिन कर्मचारीलाई ‘भयरहित वातावरण’ चाहिने र राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी बनाउनुपर्ने सुझाव पनि छ ।

CG Motors
Garima Development Bank
IME remit

विदेशमा लगानी गर्न पाउनुपर्ने माग

निजी क्षेत्रको सबैभन्दा चासोको विषयमध्ये एक विदेश लगानीसम्बन्धी नीति पनि बनेको छ । परिसंघले “विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१” खारेज गर्न माग गर्दै स्पष्ट नियामकीय व्यवस्था बनाएर नेपाली लगानीकर्तालाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने सुझाव दिएको छ ।

PPP मोडलमा पूर्वाधार निजी क्षेत्रलाई

विमानस्थल, राजमार्ग, औद्योगिक क्षेत्र, फोहोर व्यवस्थापन र शहरी पूर्वाधार जस्ता परियोजनामा HAM, VGF, VCM, MRG जस्ता मोडलमार्फत निजी क्षेत्रलाई आकर्षित गर्नुपर्ने सुझाव पनि परिसंघले दिएको छ ।

‘कालोसूची विस्फोट’ र घट्दो आर्थिक वृद्धि

परिसंघले प्रस्तुत गरेको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा कालोसूचीमा पर्ने व्यवसायी तथा ऋणीको संख्या तीव्र रूपमा बढेको देखाइएको छ ।

त्यस्तै आर्थिक वृद्धिदर पनि निराशाजनक रहेको उल्लेख गर्दै ADB ले चालु आर्थिक वर्षको वृद्धि २.७ प्रतिशत र विश्व बैंकले २.३ प्रतिशत मात्रै प्रक्षेपण गरेको परिसंघले स्मरण गराएको छ ।

‘१०० अर्ब डलरको अर्थतन्त्र’को महत्वाकांक्षा

परिसंघले नेपाललाई दीर्घकालमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यसमेत प्रस्तुत गरेको छ । अहिले नेपालको अर्थतन्त्र ४४.६ अर्ब डलर बराबर रहेको र तीव्र सुधारमार्फत २०३३ मा nominal तथा २०३९ मा real अर्थतन्त्रलाई १०० अर्ब डलर पुर्‍याउन सकिने दाबी गरिएको छ ।

अर्थमन्त्रीको प्रतिक्रिया : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन’

परिसंघको सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकासका लागि निजी क्षेत्रको पूँजी अपरिहार्य रहेको बताएका छन् । कर प्रणाली र कानुनी सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले “निजी क्षेत्रको लगानी बिना विकास सम्भव छैन” भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.