काठमाण्डौं । सरकारले नीति तथा कार्यक्रम मार्फत भन्सार नाकामा हुने न्यून विजकीकरण नियन्त्रण गर्न कडा कदम चाल्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भन्सार तथा कर प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाइने बताएका हुन् ।
न्यून विजकीकरण भनेको आयात वा निर्यात हुने वस्तुको वास्तविक मूल्यभन्दा कम मूल्य देखाएर भन्सारमा बिल पेश गरे कार।वाही गर्ने जनाउँदै सरकारले सामान खरिद गर्दा बढी रकम तिरे पनि भन्सारमा कम मूल्यको विवरण देखाएर कर छल्ने प्रयासलाई नियन्त्रण गरिने जनाएको छ ।
उनले भन्सार प्रक्रियामा हुने अनियमितता रोक्न न्यून विजकीकरण नियन्त्रण गरिने तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगायत सम्पूर्ण कर प्रणालीलाई स्वचालित बनाइने जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।