बिहीबार, बैशाख ३१,२०८३ 02:58:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:58:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चिसापानीमा जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने तयारी

Laxmi Sunrise Bank Limited
चिसापानीमा जालपादेवी केबलकार दुई महिनाभित्र सञ्चालनमा आउने तयारी
Shivam Cement

काठमाण्डौं । कैलालीको चिसापानी क्षेत्रमा निर्माण गरिरहेको जालपादेवी केबलकार परियोजना अन्तिम चरणमा पुगेको छ।  

कम्पनीले आगामी करिब दुई महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाइएको आइएमई समूहले जनाएको छ।

Bizshala
New Office
CG Motors

परियोजनासम्बन्धी जानकारी दिँदै जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले ठूला पूर्वाधार निर्माणमा समय, लागत र गुणस्तरअनुसार काम सम्पन्न गर्न सक्ने क्षमता निरन्तर प्रमाणित गर्दै आएको बताए।  

उनका अनुसार झण्डै ११ महिनाअघि सुरु गरिएको यो परियोजना अहिले परीक्षण र अन्तिम संरचनात्मक तयारीको चरणमा प्रवेश गरेको छ।

कैलालीको लम्कीचुहाँ नगरपालिका–३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म फैलिएको यो केबलकार करिब ३.१ किलोमिटर दूरीमा निर्माण भइरहेको छ।  

करिब पाँच अर्ब रुपैयाँको लगानीमा विकास भइरहेको यस परियोजनालाई केवल यातायात साधनको रूपमा मात्र नभई बहुआयामिक पर्यटन पूर्वाधारका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

परियोजनाको डिजाइनअनुसार बटम स्टेशनमा उच्चस्तरीय होटल, क्यासिनो र ब्याङ्क्वेट हलजस्ता सेवा सुविधा रहनेछन् भने टप स्टेशनमा पर्यटक आकर्षण बढाउने उद्देश्यले रिसोर्ट, धार्मिक मन्दिर, स्काई वाक, पैदल पदमार्ग, रेष्टुरेन्ट तथा बालमैत्री पार्क निर्माण गरिनेछ।

 

Garima Development Bank
Shivam Cement
IME remit

ढकालका अनुसार पर्यटन पूर्वाधार विस्तार नगरी नेपालको दीर्घकालीन आर्थिक रूपान्तरण सम्भव छैन।  

 

उनले पर्यटन क्षेत्रले रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, आन्तरिक आय वृद्धि र क्षेत्रीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।  

उनका अनुसार केबलकारलाई आधार बनाएर पर्यटन सर्किट विकास गर्ने दीर्घकालीन रणनीतिअनुसार जालपादेवी परियोजना अगाडि बढाइएको हो।

उनले स्थानीय समुदाय, जनप्रतिनिधि, राजनीतिक दल तथा सरकारी निकायबाट प्राप्त सहकार्य र सहयोगलाई परियोजनाको प्रमुख आधारका रूपमा उल्लेख गरे।

भौगोलिक रूपमा रणनीतिक स्थानमा रहेको चिसापानी क्षेत्र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पर्यटन मार्गको केन्द्रबिन्दूका रूपमा विकसित हुँदै गएको छ।  

कर्णाली चिसापानी पुल नजिकै अवस्थित यो परियोजना भारतीय सीमाबाट करिब दुई घण्टाको सवारी दूरीमा पर्ने भएकाले सीमा क्षेत्रका भारतीय पर्यटकलाई समेत आकर्षित गर्ने सम्भावना रहेको कम्पनीको विश्वास छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.