बुधबार, बैशाख १०,२०८२ 07:36:28
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 07:36:28
IME remit
Global IME Bank Limited

नेपाल लाइफले यसकारण दिन सकेन लाभांश, कम्पनी भन्छ : अर्को पटक उत्कृष्ट लाभांश दिन्छौं

Hyundai Nepal
नेपाल लाइफले यसकारण दिन सकेन लाभांश, कम्पनी भन्छ : अर्को पटक उत्कृष्ट लाभांश दिन्छौं
Nabil Bank Limited

काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी व्यवसाय भित्र्याउँदै आएको नेपाल लाइफ इन्स्योरेन्सले यसपटक सेयरधनीहरुको हात रित्तो बनाएको छ ।  

गत माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष(आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

विगतका वर्षहरुमा उत्कृष्ट लाभांश वितरण गर्दै आएको उक्त कम्पनीले हालसम्मकै इतिहासमा सेयरधनीलाई निराश बनाएको यो पहिलो पटक हो ।

 ७० प्रतिशतसम्म बोनस बाँडेको इतिहास  बोकेको कम्पनीले पछिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने १५.७९ प्रतिशत नगद लाभांशमात्रै बाँडेको थियो ।  

वर्षेनी कम्पनीको लाभांश दर क्रमशः घट्दै गएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले कम्पनीको लाभांश क्षमता समेत घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।कम्पनीले राम्रै प्रतिफल बाँड्न सक्ने आशामा बसेका सेयरधनीहरु कम्पनीको उक्त निर्णयपछि निराश छन् ।

यसबारे बजार जानकार एवम् लगानीकर्ता महेश रिजालले कम्पनीले यसवर्ष एपपीओको प्रिमियममा लाग्ने पूँजीगत लाभकर तिर्नु परेकाले सेयरधनीलाई लाभांश दिन नसकेको बताए । साथै उनले दिर्घकालिन लगानीका लागि कम्पनी भने उपयुक्त नै रहेको पनि बताए ।

 उनका अनुसार कम्पनीको व्यापार पनि अन्य कम्पनीको तुलनामा राम्रो र लगानीको दायरा पनि बढाउन सक्ने भएकाले कम्पनीको समग्र पक्ष भने राम्रो छ । उनले अल्पकालिन सेयरधनीलाई असर परेपनि दिर्घकालिन लगानीकर्ताको लागि कम्पनी उपयुक्त रहेको पनि बताए ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाहगायतका विवरणहरु पारित गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा स्वीकृतिको लागि पेश गर्ने कम्पनीका सचिव विनोद कुमार भुजेलले बिजशाला डटकमलाई बताए ।  

सरकारले भूतप्रवाही कर तिर्न लगाएपछि कम्पनीले अघिल्लो आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश बाँड्न नसकेको कम्पनीले बताएको छ । 

कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश कम्पनीको ‘ब्यालेन्स्ड सिट’ मा निर्भर हुने कम्पनीका एक जना सञ्चालक कमलेश कुमार अग्रवालले बताए ।  

विगतका वर्षहरुमा हामीले सेयरधनीहरुलाई चित्त बुझ्दो लाभांश वितरण गर्दै आइरहेका थियौं, लाभांशको कुरा गर्दा यो कम्पनीको वित्तीय अवस्थामा भर पर्ने र यो सबै प्राविधिक पक्ष भएको उल्लेख गर्दै उनले सरकारले भूतप्रवाही कर तिर्न लगाएपछि कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको बताए ।  

साथै सो आवका लागि सेयरधनीलाई लाभांश दिंदा कम्पनीको लाभांश क्षमता नै घटेको भन्न नमिल्ने पनि ती सञ्चालकको भनाइ छ ।  

‘यो मात्र नभई अन्य बीमा कम्पनी जसले नेपाल लाइफले जस्तो ठूलो रकम कर तिर्नुपरेन ती कम्पनीहरुले पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्’ ती सञ्चालकले भने, ‘अघिल्लो आवको मुनाफाबाट मात्रै लाभांश नबाँड्ने निर्णय भएको हो, आगामी वर्षहरुमा पनि उत्कृष्ट लाभांश बाँड्न सक्ने क्षमता छ ।’  

जीवन बीमा कम्पनीहरुले ‘क्यापिटल रिक्वायरमेन्ट’ को आधारमा बोनस दिने भएकाले नेपाल लाइफसँग पर्याप्त पूँजी भएको पनि ती सञ्चालकले बताए ।

 उनका अनुसार बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ तोकेको छ, पूँजीको आधारमा बोनस सेयर जारी गर्न पाउने भएकाले नेपाल लाइफसँग ८ अर्ब रुपैयाँ चुक्तापूँजी छ, यसआधारमा पनि कम्पनीले आगामी वर्षहरुमा उत्कृष्ट लाभांश दिन्छ ।

अघिल्लो आवमा सेयरधनीलाई निरास बनाएको कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० का लागि कति लाभांश देला त भन्ने प्रश्नको जवाफमा अनभिज्ञता प्रकट गर्दै कम्पनी सचिव भुजेलले आव २०७९/८० को वित्तीय विवरण बीमा प्राधिकरणमा स्वीकृतिको लागि पेश गरिएको मात्र बताए ।

यस्तो छ कम्पनीको लाभांश इतिहास :

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.