मंगलवार, आश्विन १३,२०८३ 08:54:25
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:54:25
Bizshala
Global IME Bank Limited

बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, चैत महिनासम्म रु.१५ करोड मृत्यु दाबी भुक्तानी

Bizshala
बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, चैत महिनासम्म रु.१५ करोड मृत्यु दाबी भुक्तानी
New Office

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी थप बीमितमैत्री बन्दै गएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड रुपैयाँ भन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले चैत मसान्तसम्ममा मृत्यु लाभ बापत र अंगभंग भएको बीमितलाई १५ करोड १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ मृत्यु बीमाको क्लेम सेटल गरेको छ ।  

चालु आवको पहिलो महिना अर्थात् साउनमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ, भदौमा १ करोड ६४ लाख रुपैयाँ र असोजमा २ करोड ७१ लाख रुपैयाँ गरी प्रथम त्रैमासमा मात्रै ५ करोड ८५ लाख रुपैयाँ मृत्यु बीमा तथा अंगभंग भएको बीमितलाई क्लेम सेटल गरेको थियो ।

साथै दोस्रो त्रैमासमा मात्रै कम्पनीले थप ५ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको थियो । कम्पनीले कात्तिक महिनामा ५५ लाख ५९ हजार रुपैयाँ, मंसिरमा ३ करोड २२ लाख रुपैयाँ र पुषमा १ करोड ८७ लाख रुपैयाँ गरी तेस्रो त्रैमासमा साढे ५ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।  

त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा मात्रै ३ करोड ६४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बीमितको कुनै कारणले मृत्यु हुँदा कम्पनीले हकवाला तथा बीमितको परिवारलाई र अंगभंग भएका बीमितलाई बीमा वापतको चालु आवको पछिल्लो तीन महिनामा मात्रै साढे ३ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जसमा कम्पनीले माघ महिनामा ९३ लाख ३२ हजार रुपैयाँ, फागुन महिनामा १ करोड ४४ लाख रुपैयाँ र चैत महिनामा १ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले चैतमा २८ वटा बीमालेखको १ करोड २६ लाख ६३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । टर्म पोलिसी अन्तर्गत १२ जना बीमितलाई २७ लाख २२ हजार रुपैयाँ, वैदेशिक रोजगार बीमालेख अन्तर्गतका ७ जना बीमितलाई ८० लाख ५० हजार रुपैयाँ र कन्भेन्सनल पोलिसीअन्तर्गत ९ जना बीमितलाई १८ लाख ९१ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार भने कम्पनीले सो अवधिसम्म ९३ करोड ४४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।  

जसमा कम्पनीले मृत्यु बीमा दाबी, अंगभंग भएको बीमितलाई बीमा रकम, पोलिसी त्याग, घातक रोग बापतको सुविधा जस्ता सबै क्लेम सेटल गरेको कम्पनीका सूचना अधिकारी सुदिप राणाले बताए । चालु आवको तेस्रो त्रैमाससम्म दाबी भुक्तानी गरेको १५ करोड १५ लाख रुपैयाँ विशुद्ध मृत्यु बीमा दाबी र अंगभंगको बीमा रकम रहेको उनले बताए ।  

कम्पनीले दाबी परेको छोटो समयमा आफ्ना ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्य बोकेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.