काठमाण्डौ । सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ ।
यस कार्यक्रमअन्तर्गत बैंकले धनगढी—०१,कैलाली स्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ । उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ । यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुरयाउने विश्वास बैंकले लिएको छ ।
त्यसैगरी, बैंकले गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ ।
उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यस प्रकारका कार्यक्रममार्फत बैंकले विशेषगरी Good Health and Well–beingÆ तथा Reduced Inequalities सम्बन्धी दिगो विकास लक्ष्यहरूलाई सहयोग पुरयाउने विश्वास गरेको छ ।

