काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ६ निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले बीमालेख जारी गर्ने क्रममा अनियमितता गरेको आरोपमा ६ कम्पनीलाई कारबाही गरेको हो ।
तराई मधेश फास्ट ट्र्याक आयोजनासम्बन्धी बीमालेख जारी गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले अनियमितता गरेको आरोपमा उक्त कम्पनीहरुमाथि कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त कम्पनीहरुलाई जनही २ लाख रुपैयाँ जरिवाना गराई भविष्यमा यस्ता गल्ती नदोहोर्याउन लिखित चेतावनी समेत दिइएको छ ।
अनुसन्धानका क्रममा फास्ट ट्र्याक आयोजनाअन्तर्गत नेपाली सेनाका लागि जारी गरिएको ‘कन्ट्रयाक्टर अल रिस्क’ र ‘प्रोफेशनल इन्डेम्निटी’ बीमालेख तोकिएको न्यूनतम बीमाशुल्कभन्दा निकै कम दरमा जारी गरिएको पाइएको थियो।

