सोमबार, श्रावण १८,२०८३ 03:37:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:37:49
Bizshala
Global IME Bank Limited

सीमा तनाव चर्किँदा पिलु–धुलिचौर सडक दोस्रो दिन पनि बन्द

सीमा तनाव चर्किँदा पिलु–धुलिचौर सडक दोस्रो दिन पनि बन्द
New Office

काठमाण्डौं । हुम्ला र बाजुराबीचको सीमा विवादले उग्र रूप लिएपछि पिलु–धुलिचौर हुँदै हुम्ला जोड्ने सडकखण्ड लगातार दोस्रो दिन पनि ठप्प छ ।

बाजुराको हिमाली गाउँपालिका अन्तर्गत धुलिचौर क्षेत्रमा स्थानीयवासीले सडक अवरुद्ध गरेपछि हुम्ला आवतजावत पूर्ण रूपमा प्रभावित भएको हो ।

सडक बन्दका कारण धुलिचौर क्षेत्रमा दर्जनौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन रोकिएका छन् ।  

स्थानीय प्रशासनका अनुसार करिब ३० देखि ४० वटा गाडी सडकमै थन्किएका छन् भने करिब १५० यात्रु अलपत्र परेका छन् । 

खाद्यान्न, निर्माण सामग्री, दैनिक उपभोग्य वस्तु र अन्य आवश्यक सामान बोकेका सवारीसाधन रोकिँदा आपूर्ति प्रणालीमा समेत असर पर्न थालेको छ ।

विवादको मूल कारण हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा प्रस्तावित प्रहरी चौकी निर्माणलाई मानिएको छ ।  

उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्ने विषयमा बाजुराको लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयबीच लामो समयदेखि असहमति रहँदै आएको थियो ।  

यही विषयलाई लिएर दुई पक्षबीच तनाव बढ्दै जाँदा जेठ ५ गते झडपको अवस्था सिर्जना भएको हो ।

झडपका क्रममा बाजुरातर्फका ६ जना घाइते भएका थिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।  

बाँकी घाइतेको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको जनाइएको छ ।

घटनापछि बाजुराका स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले आफूहरूमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही नगरिएसम्म सडक सञ्चालन हुन नदिने अडान लिएका छन् ।

स्थानीयले दोषीमाथि तत्काल कारबाही नभए आन्दोलन अझ सशक्त बनाउने चेतावनी समेत दिएका छन् ।

विवाद समाधानका लागि बिहीबार बाजुराको सदरमुकाम मार्तडीमा सर्वपक्षीय बैठक बसेको थियो ।  

बैठकमा राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि तथा प्रशासनका अधिकारी सहभागी भएका थिए ।

 बैठकले घटनाको निष्पक्ष छानबिन गर्न केन्द्रीय सरकारसमक्ष आयोग गठनको माग गर्ने तथा दोषीमाथि कारबाहीका लागि हुम्ला प्रशासनसँग समन्वय गर्ने निर्णय गरेको थियो ।

यद्यपि स्थानीयवासीले उक्त निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।  

उनीहरूले बैठकको सहमति व्यवहारमा कार्यान्वयन नभएसम्म सडक नखोल्ने स्पष्ट पारेका छन् ।  

स्थानीयको दबाबका कारण प्रशासनले सडक खुलाउने प्रयास गरे पनि अवस्था सामान्य बन्न सकेको छैन ।

दुवै जिल्लाका प्रशासनिक निकायबीच वार्ता र समन्वय जारी रहे पनि स्थानीय तहमा अविश्वास बढेकाले समस्या तत्काल समाधान हुने संकेत देखिएको छैन ।

सडक अवरोध लम्बिँदै जाँदा हुम्ला र बाजुराको जनजीवन, व्यापारिक गतिविधि तथा यातायात सेवा थप प्रभावित बन्ने चिन्ता बढेको छ ।

सीमा विवाद र प्रहरी चौकी निर्माणजस्ता विषयलाई लिएर दुर्गम जिल्लाहरूमा समय–समयमा तनाव सिर्जना हुँदै आएको भएपनि यसपटकको घटनाले स्थानीय सुरक्षा, प्रशासनिक समन्वय र सीमांकन व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूले बताएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.