शुक्रबार, जेष्ठ १,२०८३ 03:53:24
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:53:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शंकास्पद वित्तीय कारोबारको संख्या दुई गुणाले वृद्धि

Laxmi Sunrise Bank Limited
शंकास्पद वित्तीय कारोबारको संख्या दुई गुणाले वृद्धि
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा शंकास्पद वित्तीय कारोबारको संख्या दुई गुणाले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाईले आज सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।  

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुबाट ५ हजार ९३५ वटा शंकास्पद वित्तीय कारोबार सम्बन्धी जानकारी प्राप्त भएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दुई गुणाभन्दा धेरै हो । अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाले २ हजार ७८० वटा शंकास्पद वित्तीय कारोबारको जानकारी केन्द्रीय बैंकको वित्तीय अनुसन्धान इकाईलाई दिएका थिए ।  

Bizshala
New Office
CG Motors

यस्तो कारोबारको जानकारी वाणिज्य बैंकबाट ५ हजार १८७, विकास बैंकहरूबाट २५७, वित्त कम्पनीबाट ४४, बीमा कम्पनीहरूबाट १९ वटा,लघुवित्तबाट २८, रेमिट्यान्स कम्पनीहरूबाट १४६ वटा, धितोपत्र कारोबार गर्ने संस्थाहरूबाट ४६, भुक्तानी प्रदायकहरूबाट २०२ वटा र मालपोत लगायतका अन्य सरकारी कार्यालयहरूबाट ५ वटा आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

यी मध्ये सम्पत्ति शुद्धीकरण प्रयोजनको लागि गर्न लागिएको आशंकामा ३ हजार २६६ वटा,कर छली तथा अपराधको आशंकामा १ हजार ६६४ वटा, भष्ट्राचारको आशंकामा ३४ वटा, अवैध क्यासिनो र गेमिङको आशंकामा चार सय २० वटा र मानव तस्करीको आशंकामा ८ वटा वित्तीय कारोबारको जानकारी गराइएको प्रतिवेदनमा उल्लेख छ।  

समीक्षा अवधिमा १० लाखभन्दा बढीको  कारोबारको १६ लाख ९८ हजारभन्दा बढी संख्यामा  जानकारी इकाईमा गराइएको थियो।

बैंक तथा वित्तीय संस्थाहरूले १० लाख रूपैयाँ भन्दा बढीको कारोबार तथा सम्पत्ति शुद्धीकरण प्रयोजनको लागि कारोबार भएको आशंका लागेमा सो को जानकारी राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाईमा गराउनु पर्ने व्यवस्था रहेको छ।  

समीक्षा अवधिमा १० लाख रुपैयाँ भन्दा बढीको १६ लाख ९८ हजार कारोबारबारे वित्तीय अनुसन्धान इकार्यलाई जानकारी गराइएको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X