मंगलवार, असार ३,२०८२ 01:15:12
  • मंगलवार, असार ३,२०८२ 01:15:12
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप एकैदिन ८ अर्बले घट्यो, अन्तरबैंक ब्याजदरमा पनि गिरावट

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप एकैदिन ८ अर्बले घट्यो, अन्तरबैंक ब्याजदरमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।    

कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । वैशाख १ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ३३ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा ७ अर्बले घटेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले घट्दै ७ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि घटेको छ । वेशाख १ गते ५१ खर्ब १८ अर्ब रहेको कर्जा प्रवाह वैशाख २ गतेसम्म भने ६ अर्बले घटेर ५१ खर्ब १८ अर्बमा सीमित भएको छ ।  बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ८०.८० प्रतिशतबाट बढेर ८०.८२ प्रतिशत पुगेको छ । बैंकहरुको अन्तरबैंक ब्याजदर पनि ३.८२ प्रतिशतबाट घटेर ३.०१ प्रतिशतमा झरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.