काठमाण्डौ । म्याग्दी हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव संशोधन गर्न लागेको हो ।
जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बुटवलमा रहेको महाराजा रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभाबाट कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव संशोधन गरी आईपीओ निष्कासनको प्रक्रियालाई जारी राख्ने, आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय लिने, कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।