बिहीबार, श्रावण २१,२०८३ 02:41:02
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:41:02
Bizshala
Global IME Bank Limited

छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

छुट्ला है शनिबार ! स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
New Office

काठमाण्डौ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ ।

‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको छ ।

कार्यक्रमका विशेष आकर्षणहरूः कार्यक्रममा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै ¥याप तथा डीजे सेसन पनि समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

‘राइड. पावर. मोसन.’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्नेछ ।

कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा काठमाण्डौभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.